काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी बाँधिने भएको छ । उनीहरुको जोडी वास्तविक जीवनमा नभई हेमराज बिसीले निर्देशन गर्ने एक फिल्ममा बाँध्न लागेका हुन् । नयाँ फिल्मका लागि शुक्रबार बेलुका प्रदीप र साम्राज्ञी अनुबन्धित भए पछि फिल्ममा उनीहरु जोडी बाँधिन लागेका हुन् । फिल्ममा निर्देशक बिसीकै लेखन रहनेछ ।
फिल्मलाई ह्याप्पी प्लानेट र काफिया फिल्मसले निर्माण गर्न लागेको हो । आगामी जेठ र असार असारसम्म छायाँकन गरिसक्ने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । उनका अनुसार फिल्मको जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा छायांकन हुनेछ । फिल्मको लागत चार करोडको अनुमान गरिएको छ ।
फिल्मलाई ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी, काफिया फिल्मस्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्नेछन् ।