दुवईको समुद्रमा प्रेमी सम्झँदै विजयलक्ष्मी

काठमाडौं । युएईमा बस्दै आएकी आरजे तथा मोडल विजयलक्ष्मी राई अभिनीत ‘किन आउँछ याद तिम्रो पलपलमा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘लभ सेन्टिमेन्ट’ बोकेको उक्त गीतलाई गायिका लक्ष्मी विकले गाएकी हुन्, जसमा जितेन तामाङ लामाको शब्दरचना रहेको छ । भिडियोमा गीतको ‘सेन्टिमेन्ट’लाई जस्ताको तस्तै उतारिएको छ ।

यस गीतको भिडियोलाई विजय तामाङले निर्देशन गरेका हुन् । उनले भिडियोमा एउटा सत्य प्रेमको भावनालाई कलात्मक रुपमा उतारेका छन् । गीत लोक आधुनिक फ्लेवरको छ । भिडियोमा विजयीलक्ष्मी सँगै निर्देशक अभिनय तामाङ र मोडल वसन्त लामाले अभिनय गरेका छन् । युएईकै समुद्री तट तथा विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यस भिडियो निकै सुन्दर बनेको छ ।

हालै हेल्लो नेपाल इन्टरटेनमेन्टको अफिसियल यु्–ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोलाई निरोज लामा र प्रकाश न्यौपानेले खिचेका हुन् । छवि राना मगरले सम्पादन गरेको यस भिडियोमा वर्तमान विकाशोन्मुख समाजमा युवापुस्तामा देखिएको प्रेमप्रतिको परिवर्तित सकरात्मक तथा नकरात्मक दुवै रुपलाई चित्रण गरिएको छ ।