जापान, कोरिया र युरोपमा सुश्री सम्पत्ति

काठमाडौं । आगामी शुक्रबार अर्थात् मंसिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ जापान, दक्षिण कोरिया र युरोपका सहरमा प्रदर्शन हुने भएको छ । फिल्म प्रदर्शन गराउन जापान र कोरियाको लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपका लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका हुन् । नेपाल रिलिजको केहि दिनमा युरोपको विभिन्न सहर तथा जापान र कोरियो फिल्म प्रदर्शन हुनेछ ।

दुई युवालले सुश्री सम्पतिको पछाडि लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइने फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेललगायतको अभिनय रहेको छ । रंग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्ममा भरत रेग्मीको सम्पादन छ ।