रुप बदलेर हिँड्छन् प्रभास

मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’ फेम्ड कलाकार प्रभासको फ्यान फलोइङ अत्यन्तै धेरै छ । फिल्म ‘बाहुबली’को सफलता पछि उनी रातारात स्टार भए । त्यही कारण पनि उनी मूलधारबाट टाढा बस्छन् । उनी भीडभाडबाट जोगिनका लागि रुप बदलेर हिँड्ने गर्दछन् ।

फिल्म ‘बाहुबली’को पहिलो संस्करणबाट घर–घरमा पहिचान बनाएका उनी ‘बाहुबली २’बाट सुपरस्टार बने । त्यसकारण पनि उनी जहाँ जहाँ पुग्छन्, त्यहाँ त्यहाँ भीडले उनलाई घेर्ने गर्दछ । यही भीडबाट बच्नकै लागि भए पनि उनी रुप बदलेर हिँड्ने गर्दछन् ।

रुप बदल्नकै लागि उनीसँग करिब ६० टोपी र ५० पगरी छन् । हालै मात्र जन्मदिन मनाउँदा प्रभास नयाँ लुक्समा देखिएका थिए । प्रभास फिल्म ‘साहो’मा श्रद्धा कपुरसँग देखिँदैछन् ।