काठमाडौं । फिल्म ‘चौका दाऊ’को टोली देश दौडाहाको क्रममा प्रदेश नम्बर ३ को राजधानी हेटौडा पुगेको छ । मंगलबार हेटौडाका पत्रकारहरुसँग साक्षात्कार गर्दै फिल्मले कमेडी कथा उठान गरेको जानकारी दिइयो । चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक पुर्णेन्द्रु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंग्यको रुपमा फिल्ममा देखाईएको बताए ।
निर्देशक झाले काठमाडौ उपत्यका आसपासमा छायांकन भएको फिल्ममा करोड माथिको लगानी रहेको बताउदै फिल्मले उठान गरेका विषयबस्तु यर्थाथपरक रहेको निर्देशक झाले दाबी गरे । फिल्मकी नायिका वर्षा राउतले फिल्मले समाजमा हास्यव्यंग्यमार्फत सकारात्मक सूचना दिनेमा आफुले विश्वास लिएको बताईन् ।
उनले आफू चार जना कलाकारको दाउमा पर्ने मेजर भुमिकामा रहेको बताउँदै नजानेर गरीने गल्तीले भविष्यमा आउने अप्ठयाराहरुसँग गर्नुपर्ने सामना फिल्ममा रहेको जनाईन् । कलाकार सन्तोष पन्तले लामो समय पछि आफुले सोचेको र आफुलाई फिट हुने फिल्ममा काम गरेको बताए । फिल्म आगामी पुस २७ गतेबाट रिलिज हुँदैछ ।