कडा डाइटिङमा आमिर खान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को असफलता पछि उनी आगामी प्रोजेक्टमा व्यस्त छन् । आमिर बलिउडमा आफ्नो भूमिकाका लागि आफूलाई फिट बनाउन खप्पिस कलाकारका रुपमा गनिन्छन् । तौल घटाउन या बढाउन होस् । उनी कहिल्यै पछाडि हट्दैनन् ।

समाचार अनुसार आमिर नयाँ प्रोजेक्टका लागि यतिबेला कडा डाइटिङ गरिरहेका छन् । ‘म पहिला धेरै खानेकुरा खान रुचाउँथे । तर यो बेला नयाँ फिल्मको कारण कडा डाइटिङमा छु । म पुरानै आकारमा आउन थालिसकेको छु’, उनले भनेका छन्, ‘म त्यो कुन फिल्म हो भनेर नाम बताउँदिन । तर यो मेहनत भने नयाँ फिल्मका लागि पक्कै हो ।’

आमिर महाभारत नामक वेब सिरिज निर्माण गर्दैछन् । यसलाई ८ भागको बनाइनेछ । समाचार अनुसार आमिर सिरिजमा भगवान कृष्णको भूमिकामा देखिँदैछन् ।