काठमाडौं । आगामी माघ ४ बाट रिलिज हुने फिल्म ‘गरुड पुराण’की नवनायिका प्रियंका सिंहले यो फिल्ममा काम गर्ने अवसर कसरी पाइन् भन्ने जानकारी सायदै त कमैलाई होला । काठमाडौं, नयाँबानेश्वरकी प्रियंकालाई उनले अभिनय बफिन्स ९८ को म्युजिक भिडियो ‘अन्जानैमा’हेरेर निर्देशक सुवास कोईरालाले फिल्ममा डेब्यु गराएका हुन् ।
प्रियंका ‘टिकटक(म्युजिकल्ली)’मा पनि हिट कलाकार हुन् । टिकटकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर नै निर्देशक कोइरालाले फिल्मका लागि लिएका थिए । ‘टिकटक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समूहमा काम गर्दा निकै गाह«ो हुँदोरहेछ’, उनले भनिन् ।
फिल्ममा उनी सोलो नायिका हुन् । उनलाई फिल्मका कलाकार कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पराउँछन् । प्रियंका स्वभावले कम बोल्न र आफैंमा रमाउन रुचाउँछिन् । ‘तर फिल्ममा म सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छु । फिल्ममा ज्योतिको भूमिका निर्वाह गरेपछि मैले आफुपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरें । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्र्दैछु ।’प्रियंकाले भनिन् ।
व्यवस्थापनमा स्नातक गर्दै गरेकी प्रियंका अहिले पूण रुपमा फिल्ममामै आबद्ध छिन् । उनलाई यो बीचमा केही फिल्मबाट प्रस्ताव आएको पनि थियो । तर पहिला ‘गरुड पुराण’को परिणाम हेर्ने र त्यसपछि अरु फिल्ममा काम गर्ने निर्णय लिएर आफु यही फिल्ममा व्यस्त रहेको उनले सुनाइन् ।