बासुदेवको गीतमा भोलाको पीडा

काठमाडौ । गीतकार बासुदेव घिमिरेको ‘म त मरेको मान्छे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पत्रकार भोला अधिकारी फिचर्ड छन् । बासुदेव घिमिरेको शब्द, भोला अधिकारीको संगीत रहेको गीतमा रबिन अधिकारीको स्वर छ । गीतमा केबी भण्डारीको संगीत संयोजन छ ।

भिडियोमा भोलासँगै सुकदेव घिमिरे र रोजी श्रेष्ठको अभिनय छ । गीतको भिडियोमा सोनु कुमारको निर्देशन, जनकराज अधिकारीको छायांकन र राज कार्कीको सम्पादन छ ।