काठमाडौं । काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरेसँगै फिल्म ‘बद्रीबहादुर’को लमजुङबाट छायांकन सुरु भएको छ । निर्देशक शोभित बस्नेतको निर्देशनमा बन्ने फिल्मको लमजुङ छायांकन पछि काठमाडौं, धरान र संखुवासभामा पुगेर दुई महिनामा सुटिङ सकिनेछ ।
सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने फिल्म एबि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा बन्नेछ । फिल्ममा विजय गोपाल दलि प्रस्तुतकर्ता र मिथुन भोटे कार्यकारी निर्माता छन् ।
फिल्ममा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संग्रौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । फिल्मबाट राजिबजंग बस्नेत र एलिना गुरुङ डेब्यु गर्दैछन् भने नायिका पुजा शर्मा र नायक सलोन बस्नेत विशेष भूमिकामा देखिनेछन् ।
फिल्ममा रामकाजी घिमिरेको लेखन, शिब विकको नृत्य, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायांकन र समिर मिया सम्पादन हुनेछ । फिल्म तीजमा प्रदर्शन गरिने छ ।