मृत भेटिए भिलेन महेश आनन्द

मुम्बई(एजेन्सी) बलिउडमा दुई दशकसम्म सुपरहिट फिल्ममा भिलेनका रुपमा देखिँदै आएका प्रख्यात अभिनेता महेश आनन्दको ६७ वर्षको उमेरमा निधन भएको छ । महेश शनिबार मुम्बईको यारी रोडस्थित आफ्नो घरमा मृत अवस्थामा भेटिएका थिए । उनको निधनको कारण खुल्न सकेको छैन । प्रहरीले उनको शवलाई पोस्टमार्टमका लाग कुपर अस्पतालमा लगेको छ ।

महेशले झण्डै १८ वर्ष पछि गोविन्दाको फिल्म ‘रंगिला राजा’बाट कमब्याक गरेका थिए । उनले सन् १९८० देखि १९९० को दशकमा कैयौं फिल्ममा भिलेनको भुमिका निभाएका थिए । उनले ‘सहंशाह’, ‘मजबूर’, ‘स्वर्ग’, ‘थानेदार’, ‘विश्वात्मा’, ‘गुमराह’, ‘खुद्दार’, ‘बेताज बादशाह’, ‘विजेता’ र ‘कुरुक्षेत्र’ जस्ता हिट फिल्ममा अभिनय गरेका थिए ।

महेशले ‘रंगीला राजा’को रिलिज पछि सामाजिक सञ्जालमा फिल्ममा आफ्नो भुमिका ६ मिनेटको भए पनि आफु कामबाट सन्तुष्ट रहेको लेखेका थिए । उनी वरसोवास्थित घरमा एक्लै बस्दथे । उनी मदिरा प्रेमी पनि थिए ।