घृणामा माया खोज्दै आयुष्मा

काठमाडौ । नवीन निरौला निर्देशित फिल्म ‘फिङ्गर प्रिन्ट’को सस्पेन्स थ्रिलर शैलीको ट्रेलर सार्वजनिक भएको छ । नवीनकै लेखन र सम्पादन रहेको फिल्म फागुन १० गते प्रदर्शनमा आउदैछ ।

कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने,राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की,आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल,सुवास कार्की,जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलरमा नायिका आयुष्माले घृणाको स्थानमा अलिकति माया खोजेको देखाइएको छ ।

शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता रहेको फिल्म मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौला बताउछन् । फिल्ममा दयाराम पाण्डेको गीत,अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुन सक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको छ ।