परी उडाउँदै निशान

काठमाडौं । सयौं म्युजिक भिडियोको सम्पादन र दर्जन बढी भिडियोको निर्देशनको अनुभव संगालिसकेका युवा निर्देशक निशान कस्यप अब फिल्म ‘परीः उड्न देऊ’ मार्फत फिल्म निर्देशनमा आउने भएका छन् । उनले नायक विपिन कार्की र नवनायिका सृष्टि खड्कालाई जोेडी लिएर फिल्म निर्माण गर्न लागेका हुन् ।

साढे एक करोडको बजेटमा निर्माण हुने फिल्मको सोमबार राजधानीमा घोषणा गरियो । रुपेशमान अमात्यले निर्माण गर्ने फिल्ममा निर्देशक कस्यपकै कन्सेप्ट छ । उनले फिल्म पारिवारिक र सस्पेन्स थ्रिलर किसिमको हुने बताए ।

आरएन आइकनको ब्यानरमा बन्ने फिल्मका लागि बाँकी कलाकार फाइनल हुन बाँकी छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, निपिल शर्माको कथा लेखन रहनेछ ।