कर्माको मायामा आनाको किचकिच

काठमाडौं । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को गीत ‘किचकिचे माया’ सार्वजनिक भएको छ । गीतमा नायक कर्मा र नायिका आना शर्मा फिचर्ड छन् ।

सुजेन्द्र डि. कार्कीको शब्द तथा संगीत रहेको गीतमा चन्दनध्वज केसीको स्वर छ । गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन् । भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ । फिल्ममा पेमा धोन्डुपको निर्देशन छ ।

नेपाल र अमेरिकामा छायांकन गरिएको फिल्ममा नकिम उद्दिनको लगानी छ । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।

फिल्ममा आना र कर्मासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।