पूर्व प्रेमीसँग दीपिकाको कफी डेटिङ !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोणले गत नोभेम्बरमा अभिनेता रणवीर सिंहसँग विवाह गरिन् । दीपिका आफ्ना हरेक गतिविधिका कारण चर्चामा आउने बलिउड अभिनेत्रीमा पर्दछिन् । तर उनको एउटा अनौठो बानी के छ भने जतिसुकै सम्बन्धलाई टुटाए पनि त्यो सम्बन्धलाई पुनः कायम राख्न उनी खप्पिस छिन् ।

कुनै समयमा रणवीर कपुर दीपिकाकी प्रेमी थिए । तर अहिले उनीहरु मिल्ने साथी भएका छन् । एकपटक पुनः यो जोडी स्क्रिन शेयर गर्दैछन् । उनीहरु कुनै फिल्ममा भन्दा पनि एक व्यावसायिक विज्ञापनका लागि कफी डेटिङ गरिरहेका छन् । उनीहरुको यो तस्बिर अहिले भाइरल भएको छ ।

फोटोमा दुवैजना एक सोफामा बसेर आँखा जुधाइरहेका छन् । प्रेम सम्बन्धमा ब्रेकअप लागेपछि दुबैको क्यामेस्ट्री मिलेको अनुमान लगाइएको छ । यो भन्दा अघि दीपिका र रणवीरले ‘ये जवानी है दीवानी’ र ‘तमाशा’ जस्ता सानदार फिल्ममा अभिनय गरिसकेका छन् । रणबीर फिल्म ‘ब्रह्मास्त्र’ मा आलिया भट्टसँग देखिँदैछन् । दीपिका चाँडै नै एसिड पीडित माथि बनिरहेको फिल्ममा देखिँदैछिन् ।