प्रेम र पीडामा डियर लभ टिजर

काठमाडौं । नेपाली वेभ सिरिज ‘डियर लभ’को टिजर सार्वजनिक भएको छ । रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतीमा गायक रुकमान लिम्बुको निर्माण रहेको ‘डियर लभ’ विशुद्ध प्रेमकथामा आधारित वेभ सिरिज हो ।

रुकमान लिम्बूको निर्माण र विवेक रसाइलीको कथा तथा निर्देशन रहेको ‘डियर लभ’मा अधिकांश नयाँ कलाकारलाई देख्न सकिन्छ । ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरालगायतका कलाकारले अभिनय गरेका छन् ।

रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको ‘डियर लभ’ हाल निर्माण भइरहेका नेपाली फिल्मकै क्वालिटीमा छ । आफ्नो पहिलो वेभ सिरिज भएकाले निर्माण तथा प्राविधिकमा कुनै कन्जुस्याइँ नगरेको निर्माता रुकमान लिम्बूले बताए ।