टिकट बुकिङमा एभेन्जर्सको रेकर्ड

लसएञ्जल्स(एजेन्सी) । हालै मात्र हलिउड सुपरहिरो फिल्म ‘एवेन्जर्सः एन्ड गेम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएपछि यसले दर्शकबाट जबरजस्त प्रतिक्रिया पनि पायो । ट्रेलरमै उत्साहजनक प्रतिक्रिया पाएको यो फिल्मको मंगलबारबाट खुलेको एडभान्स टिकट बुकिङले पनि रेकर्ड तोडेको छ ।

अमेरिकाको दुई टप टिकट वेबसाइट्स फैनडेन्गो र एटमका अनुसार ‘एवेन्जर्सः एन्ड गेम’को पहिलो दिनको एडभान्स सेलले आफ्नै फ्रेञ्चाइजीको पछिल्लो फिल्महरु र ‘स्टार वार्स’ जस्तो फिल्मको रेकर्ड पनि तोडिदिएको छ । फिल्मले ‘स्टार वार्स’को रेकर्डलाई केबल ६ घण्टामै तोडिदिएको छ । फिल्मले मोबाइल टिकट सर्भिसका लागि पनि रेकर्ड बनाएको छ ।

फिल्म ‘एवेन्जर्सः इन्फिन्टी वार’ सन् २०१८ को सबैभन्दा ठुलो ब्लकब्लस्टर फिल्म साबित भएको थियो । फिल्मले विश्वव्यापी रुपमा १३ हजार ९ सय ६७ करोडको कमाई गरेको थियो ।