सुवर्णको राम राम जप्दै सौगात

काठमाडौं । कलाकार तथा निर्देशक शिशिर राणाको निर्देशनमा निर्माण हुने फिल्म ‘पोई पर्यो काले’मा अनुबन्ध भएको केही दिन बित्न नपाउँदै नायक सौगात मल्ल निर्देशक सुवर्ण थापाको फिल्म ‘राम राम’मा अनुबन्धित भएका छन् । मुख्य कलाकार सौगातका अलवा निर्माण टिमले निर्देशकको रुपमा सुवर्ण थापालाई पनि शुक्रबार नै अनुबन्धित गरेको हो ।

सुवर्ण र सौगातले यसअघि ‘फन्को’ नामक सिनेमामा एकसाथ काम गरेका थिए । डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमाका कथा तथा पटकथाकार दिनेश महत हुन् । मुख्य कलाकारको रुपमा सौगात मल्ल मात्रै पक्का भएका छन् ।

दशैबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अहिले अन्य कलाकारहरु छनोटको कार्य चलिरहेका पटकथाकार दिनेश महतले बताए । फिल्ममा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने छ । कथाकार महतका अनुसार सिनेमा निर्माण अगावै विभिन्न देशमा सिनेमाको विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ ।