एलिसालाई विल्सनको सेवारो नमस्ते

काठमाडौं । लिम्बु गीतका गायक ब्रबिम शेर्मा लिम्बुको नयाँ नेपाली गीत ‘सेवारो नमस्ते’को भिडियो सार्वजनिक भएको छ ।दिलकमल शेर्माको शब्द र दिलकमल र ब्रबिमकै संगीत रहेको गीतको भिडियोमा हास्यकलाकार विल्सनविक्रम राई र एलिसा राईको अभिनय छ ।

विल्सविक्रमकै निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भरत रेग्मीको सम्पादन छ । झण्डै डेढ दशकदेखि सांगीतिक यात्रामा लागेका ब्रबिमको आधा दर्जन भन्दा बढी एलबम सार्वजनिक भैसकेको छ । उनको ‘उन्ग्मबो यांघेक’, ‘पनुनुमा’, ‘नाना नाना हङकङ नानाको’लगायतका गीत छन् ।