काठमाडौं । आगामी जेष्ठ ३ गतेबा रिलिज हुने फिल्म ‘वीरविक्रम २’ को टिमले मोफसल प्रचारप्रसार सुरु गरेको छ । फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्स, नायिका वर्षा शिवाकोटी, नायकद्वय पल शाह र नाजिर हुसेनलगायत यतिबेला मोफसलमा छन् ।
टोलीले पोखरा चिप्लेढुङ्गामा कन्सर्ट गरेको छ । फिल्मका मुख्य चार पात्र पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धी तामाङ सहित बाल कलाकार मनिष लिम्बु र गायक दिपक लिम्बुले पोखरामा आयोजित कन्सर्टमा आफ्नो प्रस्तुती राखेका थिए । कन्सर्ट हेर्न पोखरेली दर्शकको उलेख्य उपस्थिती रहेको थियो ।
कन्सर्टमा बोल्दै फिल्मका निर्देशक मिलन चाम्सले नेपाली फिल्मको गुणस्तर पछिल्लो समय बढ्दै गएको र नेपाली फिल्मका दर्शक बढ्दै आएकोमा फिल्ममा लगानी समेत बढेको बताए । उनले नेपाली फिल्म प्रदर्शनमा लागी पोखरा महत्वपुर्ण गन्तब्य बन्ने गरेको बताए । पोखरेली दर्शकले नेपाली फिल्म प्रती देखाएको सदासयता प्रति कृतज्ञ रहेको बताए । जसरी पोखरा आम नेपाली तथा विदेशी पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ त्यसरी नै नेपाली फिल्मको पहिलो गन्तब्य बन्नेमा आशावादी रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नायिका बर्षा सिवाकोटीले नेपाली फिल्मलाई माया गर्न र राम्रो फिल्म लाईइ सदा साथ दिन अनुरोध गरिन् । नायक पल शाह र नाजिर हुसेनले वीर बिक्रम २ हेर्नै पर्ने फिल्म बनेको बताए। फिल्मबाट आफुहरुले निकै आशा गरेको र त्यो आशा पुरा गर्न पोखरेली दर्शकको साथ मागेका थिए । उनीहरुले बीर बिक्रम २ले दर्शकलाई निराश नबनाउने बताए ।