दया र कर्मासँग कबड्डी खेल्दै उपासना

काठमाडौं । फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यू गरेकी नायिका उपासना सिंह ठकुरीले अभिनेता दयाहाङ राई र कर्मासँग कबड्डी खेल्ने भएकी छन् । उनले कबड्डी साँच्चै नभई फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा खेल्न लागेकी हुन् । निर्देशक रामबाबु गुरुङले यी सबै कलाकारलाई कबड्डी खेलाउन लागेका हुन् ।

फिल्ममा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सनबिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बरालको अभिनय रहनेछ । स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने फिल्म कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि हुनेछन् ।

बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने फिल्ममा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार सिनेमाका निर्माता हुन् । जेठ ५ देखि छायांकनमा जाने सिनेमामा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन हुनेछ ।