प्रेम र एक्सनमा रेस ट्रेलर

काठमाडौं । आगामी जेठ २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रेस’को ट्रेलर सार्वजनिक भएको छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सनको संयुक्त व्यानरमा निर्मित फिल्ममा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ ।

किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ ।

फिल्मका मुख्य निर्माता हस्त लिवाङ हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् ।

यतिवेला चलचित्रका मुख्य निर्माता हस्त लिबाङ र किशोर सुब्बा पूर्वाञ्चलका विभिन्न स्थानहरुमा चलचित्र प्रमोशनका लागि पुगेका छन् । सुब्बाले यसअघि चलचित्र खुर्पा, खुकुरी, मिसन नेपाललगायतका चलचित्र निर्देशन गरीसकेका छन् ।