भदौ २७ मा पासवर्ड खोल्दै सनी

काठमाडौं । एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्म ‘पासवर्ड’ आगामी भदौ २७ गते रिलिज हुने भएको छ । सम्राट बस्नेतको निर्देशनमा बनेको यो फिल्मको एक आइटम गीतमा बलिउड नायिका सनी लियोनीले पनि अभिनय गरेकी छन् ।

यूकेमा छायांकन गरिएको फिल्ममा विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी छ । फिल्ममा विक्रम जोशी (विक्की), अनुपबिक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि रानालगायतका कलाकारको अभिनय छ ।

सनी फिचर्ड गीत आगामी जेठ २० गते रिलिज गरिने निर्माण पक्षले जनाएको छ । दुई दर्जन फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।