दिनेशको पायल मुहूर्त

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पायल’को राजधानीमा मुहुर्त गरिएको छ । राजधानीको अनामनरस्थित एक होटलमा कलाकार र निर्देशकसहितको उपस्थितिमा फिल्मको मुहुर्त गरिएको हो ।

मुहुर्तमा फिल्मका निर्देशक दिनेश लिङ्देन, नायिका रिया श्रेष्ठ, नायक नरेन्द्र सेन्दाङलगायतको उपस्थिति थियो । निर्देशक लिङ्देनका अनुसार फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक एवं संवेदनशिल घटनाका विरुद्धमा आवाज उठाउनेछ ।

फिल्ममा नरेन्द्र सेन्दाङ, रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, सपना ठकुरी, उषा पराजुली, उदय सुब्बा, राजु घिमिरे, प्रेम आले, मेघ मगर, दिलिप ठकुरी, अर्मान खान र एन्जिस प्रसाईं आदिको अभिनय रहनेछ । फिल्ममा अभिनयकै लागि अमेरिकामा बस्दै आएका नरेन्द्र नेपाल आइपुगेका छन् । निर्देशक लिङ्देनका अनुसार फिलमको सुटिङ चाँडै शुरु हुनेछ ।

फिल्ममा विकास चौधरी संगीत, दिनेश माङमुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व, विक्रम डि.सि.को छायांकन रहनेछ । फिल्मको कार्यकारी निर्मातामा बसन्त थेबे छन् भने सहनिर्मातामा मेखबहादुर मगर र प्रस्तुतकर्तामा आरपी दाहाल छन् । फिल्मकी निर्मात्री कविता राई लिङ्देन हुन् । नायक सेन्दाङ निजी व्यवसाय गर्दै विगत १५ वर्षदेखि अमेरिकामा नै बस्दै आएका छन् । उनकै पहलमा नेपालमा भन्दा पहिला यो फिल्म हङकङ, अमेरिका, सिंगापुर, बेल्जियममा प्रदर्शन हुनेछ ।