बुद्धको मूर्तिमा बसेपछि…

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यपले क्यान्सरसँग लामै संघर्ष गरेकी छ । गत वर्ष २२ सेप्टेम्बरमा ताहिराले सामाजिक सन्जालमा आफूलाई ब्रेस्ट क्यान्सर भएको जानकारी दिएकी थिइन् । उनी हाल क्यान्सरको उपचारसँगै क्यान्सरको विषयमा जागरण जगाउन व्यस्त छिन् । यहीबिचमा ताहिराले आफ्नो एक तस्बिर सामाजिक सन्जालमा राखे पछि तस्बिरमाथि नकारात्मक प्रतिक्रियाको बाढी नै लागेको छ ।

ताहिराले बुद्धको मूर्तिमा बुद्धको काखमा बसेको तस्बिर राखेपछि उनीमाथि नकारात्मक प्रतिक्रिया आउन थालेको हो । उनको यो शैली दर्शकले मननपराएपछि उनी ट्रोलको शिकार बनिन् । तहराले आफ्ना फ्यानसमक्ष यो विषयमा माफी मागिसकेकी छन् ।

‘साँच्चै भन्नुपर्दा मैले कसैको भावनामाथि ठेस पुर्याउन खोजेको होइन । म अन्जानमै कोही व्यक्तिमाथि दुःख पुर्याएकोमा माफी माग्दछु । तपाईहरु सबैका लागि प्रेम र शान्ति’, उनले ट्वीटेकी छन् । ताहिर आफैमा प्रख्यात लेखिका हुन् ।