भदौमा दर्शकलाई सरस्वतीको द डार्क एण्ड लाइट

काठमाडौं । खालिङ सिस्टर्स मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सकिएको छ । मंगलबार पोखरामा फिल्मको ‘राधाकृष्ण’ गीतको छायांकनसँगै सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो ।

फिल्मको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको उक्त गीतमा डेविड शंकर तथा सरस्वती भुजेलको पाश्र्व गायन छ । फिल्मकी निर्मात्री तथा कलाकार सरस्वती भुजेलका अनुसार यो फिल्म यही भदौ ६ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शन हुनेछ ।

फिल्मलाई राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलले निर्देशन गरिरहेका छन् । फिल्म समसामयिक विषयमा आधारित छ । फिल्मले हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्ने बताइएको छ । फिल्मका प्रस्तुतकर्ता तथा अभिनेता पिटर खालिङका अनुसार फिल्म कमेडी, रोमान्स तथा द्वन्द्वप्रधान छ । फिल्ममा पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई आदी कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देश्ँन छ भने फिल्मलाई शिव ढकाल तथा सविन भट्टराईले छायांकन गरेका छन् । कमल राई यो फिल्मको कोरियोग्राफर हुन् । सरस्वती भुजेल तथा पिटर खालिङ नै निर्मँण रहेको यो फिल्मको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।