मुम्बई(एजेन्सी) । फिल्म ‘८३’को सुटिङमा व्यस्त रणवीर सिंहले आफ्नो जन्मदिनमा फ्यानका लागि विशेष उपहार दिएका छन् । उनले सामाजिक सन्जालमा फिल्मको फष्टलुक सार्वजनिक गरेका छन् । जसमा उनी भारतीय महान क्रिकेटर कपिल देवको लुक्समा देखिएका छन् । उनका फ्यान पनि फस्टलुकबाट निकै प्रभावित भएका छन् ।
फस्टलुकमा रणवीरलाई कपिल देव जस्तो शैलीमा निकै सानदार रुपमा देखाइएको छ । यो लुक्सलाई शेयर गर्दै उनले ‘मेरो विशेष दिनमा यहाँहरुलाई हरियाणाका तूफान कपिल देव’ भन्दै लेखेका छन् ।
धेरै फ्यानले उनलाई जन्मदिनको शुभकामना दिँदै उनको लुक्सको तारिफ गरेका छन् । केहीले उनको लुक्स देखेर फिल्म राम्रो बनेको हुनसक्ने अनुमान लगाएका छन् । यो फिल्म भारतीय क्रिकेट टिमका दिग्गख खेलाडी कपिल देवको जिन्दगीमा आधारित छ । यो फिल्ममा रणवीरसँगै उनकी नायिका पत्नी दीपिका पादुकोण पनि देखिँदैछिन् । फिल्मलाई कविर खानले निर्देशन गरिरहेका छन् ।