फिल्ममा फर्किए राहुल रोय

मुम्बई(एजेन्सी) । सन् १९९० मा रिलिज भएको रोमान्स ड्रामा फिल्म ‘आशिकी’लाई कसैले पनि भुल्न सकेको छैन । यो फिल्ममा काम गरेका अभिनेता राहुल रोय रातारात स्टार बने र विशेषत युवतीमाझ उनी चर्चित बने । तर ‘आशिकी’ पछि राहुलले ठूलो काम केही गर्न सकेनन् । उनी एकाएक गायब भए । यिनै गायब हिरो अब पुनः दर्शकमाझ आउँदैछन् । उनी यतिबेला कनु बहल निर्देशित फिल्म ‘आगरा’को सुटिङमा व्यस्त छन् ।

बलिउडका फिल्म व्यापार विश्लेषक तरुण आदर्शले ‘आगरा’को सेटको एक फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै राहुल फिल्ममा व्यस्त रहेको जानकारी दिएका छन् । उनले ट्वीटरमा फिल्मको सुटिङ आगरा वरपर हुने जानकारी दिएका छन् । फिल्म सन् २०२० मा रिलिज हुनेछ ।

निर्देशक कनु बहलले यसअघि फिल्म ‘तितली’ बनाइसकेका छन् । शशांक अरोड र रणवीर शौरी अभिनित फिल्मले समिक्षकबाट राम्रो समीक्षा पाएको थियो । यो फिल्मले धेरै फिल्म फेस्टिभलमा सहभागिता जनाएको थियो ।