राजा र राजकुमारलाई नीताको क्या बात

काठमाडौं । नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म साइनोको आइटम गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । मिना निरौलाको आवाज रहेको क्या बात छ… बोलको गीतमा शब्द यमन सुवेदी र र संगीत किरण भुषालको छ । गीतमा नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्म साइनोमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।

फिल्म साइनो यहि साउन २४ गते प्रदर्शन हुनेछ । फिल्मलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको फिल्म साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

अहिले साइनोले प्रचारप्रसारलाई समेत तिव्र बनाएको छ । मुलधारका नेपाली फिल्म बन्न नसकेको बेला प्रदर्शनमा आउन लागेको यो फिल्मले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छ ।