सल्लाघारीमा लोकको आयो दशैं

काठमाडौं । गायक लोक पौडेल र गायिका टिका प्रसाईंको स्वरमा रहेको ‘आयो दशैं’ बोलको गीतको भक्तपुरको सल्लाघारीमा छायांकन गरिएको छ । हरि उप्रेतीको शब्द तथा विकास चौधरीको संगीत रहेको गीतको भिडियोेमा मोडल दिक्पाल कार्की र अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा फिचर्ड छन् ।

उषा मलाहाले निर्देशन गरेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र निशान घिमिरेको सम्पादन छ । हाल सम्पादन चरणमा रहेको भिडियो आगामी शुक्रबार सार्वजनिक हुनेछ । निर्देशक मलाहाका अनुसार गीतको भिडियोलाई फिल्मी शैलीमा तयार पारिएको छ ।

अमेरिकामा बस्दै आएका गायक पौडेल झन्डै एक दशकदेखि नेपाली संगीतमा सक्रिय छन् । उनले फिल्म ‘निलका“डा’, ‘पूर्णिमा’ र ‘रिजन अफ रिया’ मा पाश्र्व गायन गरिसकेका छन् ।

उनले हालसम्म दुई एल्बम बजारमा ल्याइसकेका छन् भने दर्जन बढी कलेक्सन एल्बममा आफ्नो स्वर दिइसकेका छन् । ‘दशैंको माहौलमा दशैं सम्बन्धी राम्रो गीत दर्शक तथा श्रोतालाई दिउ“m भनेर यो गीत तयार पारेको हु“’, गायक पौडेलले भने ।