काठमाडौं । कात्तिक २९ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो फिल्ममा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । ट्रेलर हेर्दा दुई भुवनको द्वन्द्व हुने अनुमान लगाउन सकिन्छ ।
निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा प्रेमराज दाहालको लगानी छ । फिल्ममा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउत यो क्षेत्रमा भित्रिदैछन् । साहिल र भूवनको टकराव फिल्ममा हेर्न पाइनेछ ।
फिल्मले विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदिलाई प्रस्तुत गरेको छ । निर्देशक भुषालले चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए । ‘अवसर र रोजगारीका लागि जुनसुकै देशमा रहेपनि नेपाली नेपाली नै रहन्छ’ भन्ने मुल मर्म फिल्मले बोकेको छ ।