कीर्तिपुरको सेटबाट प्रेमगीत ३ सुरु

काठमाडौं । अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङको रोमान्स रहने फिल्म ‘प्रेम गीत ३’को छायांकन सुरु भएको छ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ पछि आशुसेन फिल्मस्ले ‘प्रेम गीत ३’ को निर्माण सुरु गरेको हो । फिल्मको शुक्रबार बिहान काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरियो । फिल्म आगामी चैत २८ मा प्रदर्शन हुनेछ ।

काठमाडौँको कीर्तिपुर क्षेत्रमा एक महिना लगाएर निर्माण गरिएको सुटिङ स्टुडियोको सेटमा शुक्रबारबाट यो फिल्मको छायांकन सुरु गरिएको हो । काठमाडौंको छायाँकन सम्पन्न हुनासाथ मनाङको रमणीय स्थलमा छायांकनको गरिने यसका निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

फिल्ममा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरु, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहने छ ।

फिल्म पुर्ण प्रेम कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ । फिल्ममा सन्तोषसँगै छेतेन गुरुङको पनि निर्देशन रहनेछ । फिल्मको स्कृप्टलाई निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ ।

फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह–निर्मातामा छन् ।