लभ डायरिजमा टिकटक गर्लको ठुम्का

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर आगामी फागुन २ गते रिलिज घोषणा गरिएको फिल्म ‘लभ डायरिज’को गीत ‘छम छम छम’मा टिकटक गर्लका रुपमा परिचित दिदीबहिनी प्रिन्सा र प्रिज्मा खतिवडाले ठुम्का बजाएका छन् । छायाँकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा छायांकन भइरहँदा अर्जुन पोखरेलको संगीत र शब्दमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर रहेको गीतमा उनीहरुले ठुम्का बजाएका हुन् ।

गीतमा प्रमुख कलाकार सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल र कमला घिमिरे पनि फिचर्ड छन् । गीतमा प्रविण सिंहको कोरियोग्राफी छ । सौरभ चौधरी निर्देशित फिल्मको ‘सुन्यौ की सुनेनौ’ बोलको रोमान्टिक नम्बर रिलिज भैसकेको छ । जसलाई दर्शकले रुचाएका छन् ।

संजय लामाले खिचेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा र पटकथा र साहिल खानको सह–निर्देशन छ । विनोद सापकोटा निर्माता रहेको फिल्ममा सरोज तुलाधरको सह–निर्माण छ ।