सुमन र विद्याको भीडमा पल–स्मृति

काठमाडौं । मोडल तथा नायक पल शाह तथा मोडल स्मृति श्रेष्ठ अभिनित भिडियो ‘भीडमा’ सार्वजनिक भएको छ । विधान कार्कीको निर्देशनमा तयार भिडियोमा पल र स्मृतिको रोमान्सलाई रोमान्टिक तवरमा देखाइएको छ ।

गीतकार अम्बिका गुरुङको शव्द रहेको गीतमा पुरुषोत्तम सुवेदीको संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको छ । गीतमा सुमन केसी र विद्या तिवारीको स्वर छ । गायक सुमन केसी पछिल्लो समय पाश्र्व गायनमा व्यस्त छन् भने गायिका तिवारी रियालिटी शोहरु बाट चर्चा कमाएकी गायिका हुन् ।

भिडियोको मेकिङ उच्च देखाउन निर्देशक कार्कीले कुनै कसर बाकी राखेका छैनन् । कार्की अमेरीकामा फिल्म मेकिङ अध्ययन सकाएर देश फर्केका हुन् । भिडियोलाइ उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक कार्की बताउछन् ।

भावसागर इन्टरटेनमेन्ट र नेपसिने ले संयुक्त रुपमा निर्माण प्रस्तुत गरेको हो । सार्वजनिक भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र रेनिष फागोको रंग संयोजन रहेको छ ।.