माया पाउँदै कमेडी च्याम्पियन

काठमाडौं । पछिल्लो समयमा स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले दर्शकको माया पाइरहेको छ । शो प्रशारण भएसँगै यसको लोकप्रियता पनि बढेको छ । कुनै विदेशी शो को फ्रेनचाइज नरहेको ‘कमेडी च्याम्पियन’ को युट्युबमा सार्वजनिक शोलाई दर्शकले रुचाएसँगै ट्रेन्डिङमा मात्र परेको छैन । दुई एपिसोडको भ्युज १० लाख बढी छ । शो कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको छ भने युट्युबमा कमेडी च्याम्पियनकै च्यानलमा उपलब्ध हुने गरेको छ ।

हालसम्म यसको ४ एपिसोड सार्वजनिक भएका छन् । जस मध्ये १ र २ को भ्युज १० लाख बढी छ भने ३ र ४ को पनि दुई दिनमै क्रमशः ७ लाख र ५ लाखमाथि छ । ‘दर्शकले दिनु भएको मायाले झनै दायित्व थपेको छ’ शो निर्देशक विशाल भण्डारी भन्छन्, ‘क्वालिटीको कन्टेन दिने हो भने विदेशी शोको अधिकार महंगोमा खरिद गर्नै पर्दैन ।’ अघिल्ला शोमा देखिएको केहि कमीकमजोरीलाई दर्शक तथा शुभेच्छुककै सल्लाह अनुसार आउँदो एपिसोडबाट समाधान गर्ने प्रयास गरिएको निर्देशक भण्डारीले बताए ।

शोमा निर्णायकको रुपमा हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहेका छन् । यतिबेला टप १५ छनौट भईसकेका छन् । अब भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ ।

प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गरिरहेको छ । अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो विशाल भण्डारीको निर्देशनमा तयार भईरहेको छ । शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गरिरहेकी छिन् । शोलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ । वेलकम एड्भरटाईजीङको बजार व्यस्थापन रहेको शोको टेक्निकल पाटोलाई शन बिले हेरिरहेका छन् ।