दी कर्मामा बुद्धि भिलेन ?

काठमाडौ । आगाी माघ १७ गते रिलिज हुने फिल्म ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक भएको छ । टिजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा नायक करण वर्मा र अभिनेता बुद्धि तामाङ्गलाई देख्न सकिन्छ । टिजरमा बुद्धिको अभिनयलाई हेर्दा उनी भिलेन हो कि भन्ने अनुमान गर्न सकिन्छ । तर उनी साँच्चै भिलेन हो यो होइन थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।

फिल्ममा नायिका राणाको भूमिका बोल्ड रहेको टीजरबाट अनुमान लगाउन सकिन्छ । टीजरमा नायक करण बर्माले आफ्नो शारीरिक सुगठन देखाएका छन् । फिल्ममा देवकुमार श्रेष्ठको निर्देशन छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको कथा निर्माता जयराज राय आफैले लेखेका हुन् ।

रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । नेपालको तराई क्षेत्रमा छायांकन गरिएको फिल्ममा करण, नीता, परमिता, बुद्धिसँगै देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्ममा रामेश्वर कार्कीको छायांकन छ ।