कश्मीरमा जोडी बाँध्दै रणवीर–आलिया

मुम्बई(एजेन्सी) । बलिउडमा निकै लामो समयदेखि नायक रणवीर कपुर र नायिका आलिया भट्टको विवाहको चर्चा चलिरहेको छ । यो प्रेमजोडी आगामी वर्ष विवाह बन्धनमा बाधिने निश्चित भइसकेको आँकलन पनि गरिएको छ ।

समाचार अनुसार रणवीर र आलियाले आफ्नो कामको तालिकाबाट एक महिनाको लागि बिदा पनि लिइसकेका छन् । आलिया र रणवीर भारतकै सुन्दर कश्मीरमा आफ्नो वैवाहिक गन्तव्य बनाउने योजनामा छन् । यो स्थानलाई धर्तीको स्वर्गको उपमा पनि दिइने गरिन्छ । सन् २०१७ मा मेघना गुलजारको फिल्म ‘राजी’को सुटिङताका कश्मीर पुगेकी आलिया त्यहाँको सौन्दर्यबाट प्रभावित भएकी थिइन् ।

कामको कुरा गर्दा आलिया र रणवीरले पहिलोपटक फिल्म ‘ब्रह्मास्त्र’ मा स्क्रिन शेयर गरेका छन् । यो फिल्म आगामी वर्षको गर्मी महिनामा रिलिज हुने तयारी गरिए पनि भीएफएक्सका कारण यो फिल्म सन् २०२० को विन्टरमा रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।