काठमाडौं । अप इन्टरटेन्मेन्टको आयोजनामा धनगढीमा हालै सम्पन्न ‘मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चल’को उपाधि रोशन खत्री र आस्था पाण्डेयले जितेका छन् । प्रतियोगितामा महिलातर्फ आरती ओझा फस्ट रनरअप र अनामिका न्यौपाने सेकेन्ड रनर अप भए भने पुरुषतर्फ साहिल खड्का फष्ट रनरअप र हेम सागर मल्ल सेकेन्ड रनरअप भए ।
प्रतियोगितामा अभिनेता आर्यन सिग्देल, पूर्वप्रधानसेनापति रुक्माङगद कटुवाल, अलिजा महर्जन, अश्विनी झा, निशु झा र पुष्कर ओझा निर्णायक रहेका थिए । हरेक वर्ष आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगितामध्ये मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको यो पाँचौँ संस्करण हो ।