लभ डायरिजको छमछममा भाइरल गर्ल

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गते रिलिज हुने फिल्म ‘लभ डायरिज’को ‘छम छम’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, प्रिष्मा र प्रिन्सी खतिवडा तथा कमला घिमिरे फिचर्ड छन् । प्रिष्मा र प्रिन्सी तथा कमला सामाजिक सन्जालमा भाइरल भएका कलाकार हुन् ।

गीतमा सुरेश लामा, दुर्गा खरेल र कमला घिमिरेको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतमा प्रविण सिंहको कोरियोग्राफी हेर्न पाइन्छ ।

सौरभ चौधरीले निर्देशन रहेको फिल्ममा विनोद सापकोटाको लगानी, दिर्घ खड्का र मिलन श्रेष्ठको सम्पादन र संजय लामाको छायांकन छ । फिल्ममा साहिल खान एशोसिएट निर्देशका छन् ।