नाचघरमा लिम्बू भाषाको थेत्लङ

काठमाडौं । लिम्बू फिल्म ‘थेत्लङ’को शनिबार काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बु होन्दोकुले लेखेका हुन । उक्त उपन्यासलाई चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा र संवाद गरेका छन् ।

सिक्किमको मार्माम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँमा छायांकन भएको फिल्ममा विशाल सेनेहाङ, दिब्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, शान्ति सुब्बा, हस्त लिवाङ, देउमान केरुङ, मणिराज लिम्बू, येहाङ लिम्बू, लिला तुम्बापो, सञ्जय ताम्लिङ, सनमायाँ लिम्बू, सुकवीर ताम्लिङलगायतले अभिनय गरेका छन् ।

फिल्मको गीतमा मनु नेम्बाङ, यादन सेर्मा, सिता सिंगक, गंगा फियाक, मणि ताम्लिङ, रामदुखी आङ्देम्बे, मिजिरा सम्बाहाम्फे र बालकृष्ण वनेमको स्वर रहेको छ । सागर केरुङ, दिलसिङ र यादन सेर्माको शब्द रहेको गीतहरु कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पबिन आङ्देम्बेले संगीत गरेका छन् ।

सिक्किममा बसोबास गर्ने लिम्बु जातिको जीवनशैलीमा आधारित कथा रहेको फिल्ममा नृत्य निर्देशन दिनेश माङ्मु, क्यामेरामा हेमन योञ्जन, सम्पादन किरण केसिको रहेको छ भने उक्त फिल्म किशोर सुब्बाले निर्देशन गरेका हुन । मनि ताम्लिङ् र बिराज लिम्बूले निर्माण गरेको उक्त चलचित्र प्रदर्शनमा बाह्र सय जति दर्शकहरुको भेला हुने प्रदर्शनी संयोजक काजी लिम्बुले बताए ।