सुशीललाई बिहे ‘करेन्टको तार जस्तै’

काठमाडौं । भ्यालेन्टाइन डेमा रिलिज हुने फिल्म ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथा बोल्ने ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमालबीचको प्रेम र द्वन्द्वलाई देखाइएको छ ।

ट्रेलरमा सुशीलले विवाहलाई करेन्टको तारसँग तुलना गरेका छन् । तर उनले किन यसरी तुलना गरे भन्ने थाहा पाउन दर्शकले फागुन २ गते रिलिजको दिन नै पर्खनुपर्ने हुन्छ ।

सौरभ चौधरी निर्देशित फिल्ममा साहील खान सह–निर्देशक छन् । फिल्ममा मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलको संगीत, विनोद सापकोटाको निर्माण र सञ्जय लामाको छायांकन छ ।