निकिताको प्रेममा विराजको झयाम्मै आँखा

काठमाडौं । अभिनेता विराज भट्ट अभिनित फिल्म ‘साङ्लो’को दोस्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा विराज र र डेब्यु अभिनेत्री निकता चाण्डक फिचर्ड छन् ।

सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतको शब्द रचना पनि निशानले नै गरेका हुन् । गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ ।

विराजले नै निर्देशन गरेको एक्सनमय फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित फिल्ममा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्म यहि माघ २४ देखि अलनेपाल रिलिज हुँदैछ ।