स्माइल ड्रिम लिएर आए सुरेन्द्र

काठमाडौं । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगटायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे २३औं कृति तथा चौथो उपन्यास ‘स्माइल ड्रिम’ सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा सहित्यकार भुपाल राईले उपन्यास सार्वजनिक गरे ।

कार्यक्रमक्रमा स्माइल ड्रिमको अडियो पनि एकै साथ विमोचन गरिएको थियो । अडियो उद्घोषण राधिका घिमिरेले गरेकी छन् । ओएस नेपालको आयोजनामा भएको लोकार्पण कार्यक्रममा अतिथिहरुले सरल भाषामा लेखिएको उपन्यास पठनिय रहेको भन्दै सर्जक सुरेन्द्र महर्जन ‘अमर’लाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए भने समालोचक डा. धनप्रसाद सुवेदीले उपन्यासको समालोचना गरेका थिए ।

कार्यक्रमको सहजीकरण पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गरेका थिए । उपन्यासलाई राईजिङ्ग क्रियटिभ मिडिया प्रा.लि. भक्तपुरले प्रकाशन गरेको हो ।

‘अमर’का यसअघि अनुष्का, मिस्ड कल, अदभूत जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । त्यस्तै उनका चित्रकारिता, कविता सङ्ग्रह, गीत सङ्ग्रह, नेवारी गीत सङ्ग्रह, हाइकु सङ्ग्रह, गीति एल्बम जस्ता २३ वटा कृति सार्वजनिक भइसकेका छन् ।