आइतबारबाट मनपराउँदै पुजा र आकाश

काठमाडौं । आइतबारबाट छायांकनमा जानेगरी फिल्म ‘मन परेसी’को मुहुर्त गरिएको छ । श्रीपंचमीको अवसर पारेर बिहीबार राजधानीस्थित भद्रकाली मन्दिरमा मुहुर्त गरिएको हो । मुहुर्तमा फिल्मकी अभिनेत्री पुजाशर्मा, अभिनेताद्वय आकाश श्रेष्ठ र रविन्द्र झा, डेब्यु अनुहार मोनालिसा खतिवडा, प्रस्तुतकर्ता रघु परियार, लेखक तथा निर्देशक रुपेश थिङ तामाङ र वितरक करण श्रेष्ठको उपस्थिति थियो ।

‘रामकहानी’बाट सुरु भएको पुजा र आकाशको सहकार्य ‘पोइ प¥यो काले’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ हुँदै ‘मन परेसी’ सम्मआइपुगेको हो । अभिनेत्री पुजाले फिल्मको स्क्रिप्ट मनपरेकोले अभिनयको लागि राजी भएको बताइन् । उनले फिल्ममा प्रेमकथासँगै रिभेन्ज रहेको खुलाइन् । फिल्ममा बुद्दि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

फिल्मका प्रस्तुतकर्ता रघु परियारले फिल्मको स्क्रिप्ट मनपरेकाले आफू लगानी गर्न राजी भएको बताए । अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माताको रुपमा रहेको फिल्ममा भुवनराज जोशी, कृष्ण परियार, ज्ञानुप्रसाद खनाल र प्रेमबहादुर घर्ती सह निर्माता छन् । फिल्मको कथा निर्देशक तामाङ आफैंले लेखेका हुन् भने उनलाई संवादमा सन्जोग राणाले सघाएका छन् ।

हरि घले लामाले खिच्ने फिल्ममा राजु तामाङको द्वन्द्व र रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ । अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाले फिल्मको गीतमा संगीत भर्ने जिम्मेवारी पाएका छन् । रिच इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मलाई अर्को वर्षको तीजमा प्रदर्शन गर्ने घोषणा गरिएको छ । मेडिया एण्ड मुभिजप्राली र जुना फिल्म्सको संयुक्त व्यानरमा निर्माण फिल्मको छायांकन सेड्युल ४० दिनको राखिएको छ ।