नेपाल आए बलिउडका करणवीर

काठमाडौं । बलिउड अभिनेता करणवीर बोहरा काठमाडौं आइपुगेका छन् । यी अभिनेतालाई नयाँदिल्ली एयरपोर्टमा आवश्यक कागजातको कमी भएको जनाउँदै एयरपोर्टबाट फिर्ता पठाइएको थियो । करण आफैले ट्वीटरमा नेपाल पुगेको भन्दै त्रिभूवन विमानस्थलको तस्बिर राखेका छन् ।

करणवीर मुम्बईबाट दिल्ली आएपछि दिल्लीबाट नेपाल आउन लागेको फ्लाइटमा चढ्न लागेको थिए । यो समयमा एयरपोर्टका कर्मचारीले उनको दस्तावेज चेकजाँच गर्दा आवश्यक कागजात नपुगेको जनाउँदै नेपाल आगमनमा रोक लगाएको थियो ।

उनले नेपाल आगमनमा रोक लगाएपछि ट्वीटरमा एयर इण्डियाले आफूमाथि लगाएको रोकका बारे ट्वीट गरेपछि एयर इण्डियाले करणवीरको निवेदनलाई अनुसरण गर्दा नेपाल जानका लागि आवश्यक कागजात पठाएको थियो । उनले मुम्बई एयरपोर्टमा आफूलाई रोकेको भए आफूलाई आपत्ति नजनाउने उल्लेख गरेका थिए ।

नयाँदिल्लीमा रोकिएपछि उनले मुम्बईबाट कोही व्यक्तिमार्फत आफ्नो पासपोर्ट मगाएका थिए । त्यसपछि उनी दिल्लीबाट पासपोर्ट लिएर नेपाल आएका हुन् । उनी कसिनो नामक फिल्मको सुटिङका लागि नेपाल आएका हुन् ।