तीजमा पुजाको मन सम्हाल्दै आकाश र सोनम

काठमाडौं । बेलायतमा छायांकन गरिएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ आगामी वर्षको भदौ ५ गते हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापा निर्देशित फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन फिचर्ड छन् । अमित बस्नेत निर्माता रहेको फिल्ममा अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता छन् ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको फिल्ममा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा सौरभ लामाको छायांकन, महेश दवाडीको कथा, कविराज गहतराजको कोरियोग्राफी छ ।

अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको फिल्ममा परि राना र अजितकुमार थापा सह–निर्माता छन् । यो फिल्मको नाम गायक सुगम पोखरेलको गीत ‘सम्हालिन्छ कहिले मन’ बाट सापटी लिइएको हो ।