सरोज बने आश्माको राजकुमार

काठमाडौं । गायक महेन्द्र तिमल्सिनाको स्वर रहेको ‘म राजकुमार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा जिवेश गुरुङ, सहिन प्रजापति, कुशल विष्ट, सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।

राष्ट्रिय निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको शब्द र दिपक शर्माको संगीत रहेको गीतको भिडियोमा राजकुमार बन्ने होडलाई देखाईएको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वेत रसाईलीले मिक्सीङ गरेका हुन् ।

बालकृष्ण ओलीको संयोजनमा तयार भएको भिडियो सहिन प्रजापतिले निर्देशन गरेका छन् । अमन मानन्धरको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतिको छायाँकन र रेनीश फागोको रंगसंयोजन छ । भिडियो शुभ मिडिया होमको प्रस्तुतिमा तयार भएको हो ।