मुन्नीसँग नाजिरको झ्यानाकुटी

काठमाडौं । अभिनेता नाजिर हुसेनले कलाकार प्रियना आचार्य अर्थात ‘मुन्नी’सँग विवाह गरेका छन् । उनीहरुको विवाह भने वास्तविक होइन ।  समीर आचार्य र सुरेखा क्षेत्रीको स्वर रहेको ‘रेल गाडी’ को सार्वजनिक भिडियोमा नाजिर मुन्नीसँग विवाह गरेका हुन् । गीतको भिडियो विहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ । ‘सक्किगोनी’का निर्देशक एवम् कलाकार दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ ।

सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ । गीतको भिडियोमा चन्दन दत्तको सम्पादन रहेको छ ।