प्रेमकथाको माया के होला मुहुर्त

काठमाडौं । अर्नभ फिल्म प्रोडक्शन र ईन्द्रेणी सिने ईन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहने फिल्म ‘माया के होला’ को मुहुर्त गरिएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न मुहूर्तमा क्यामरा स्वीचअन चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्देशन रविन्द्र खड्का, क्ल्याप कृष्ण शिवाकोटी, नरिवल सानु श्रेष्ठले फुटाएका थिए भने सोनाम थापा मगर, मेनुका गिरी, अर्जुन गुरुङ लगायतका कलाकारले मुहूर्त सर्ट दिएका थिए ।

त्रिकोणात्मक प्रेमको समर्पण, रोमाञ्चित प्रेम कथामा आधारित एक्शन प्रधान फिल्मका निर्देशक इन्द्र कार्की, मुख्य सह–निर्देशक जीवन गौतम, निर्माता किरण कार्की, लक्ष्मी नेपाल र सिता वस्नेत रहेका छन् ।

फागुण दोश्रो साताबाट फ्लोरमा जाने फिल्ममा सोनाम थापा, अर्जुन गुरुङ, मेनुका गिरी, बीरु नेपाल, फरिता खड्का, चेतन अर्याल, मदन सेन्चुरी, रमन राई, सुरज खनाल, छायाँ श्रेष्ठ, बाल कलाकार रोनिश पाण्डेको अभिनय रहने छ ।

यसमा द्वन्द्व सुरज श्रेष्ठ, नृत्य हरिष खनाल, क्यामरामा रामेश्वर हुमागाइको रहने छ ।