प्रमोद र मीराको डिस्को पार्टी

काठमाडौं । गायिका तथा गीतकार मीरादेवी राईको स्वर तथा शब्दमा ‘डिस्को पार्टी’ बोलको डान्सिङ नम्बरको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गायक प्रमोद खरेल र मीरादेवी राईको स्वर छ ।

नबिन कार्कीद्वारा संगीतबद्ध नयाँ गीतको भिडियोमा प्रेम, आयुष्मा र ममता फिचर्ड छन् । प्रेम भारतीले निर्देशन गरेको भिडियोमा नरेश आयरको छायांकन र मिन रावलको सम्पादन छ ।

यसअघि गायक राजेशपायल राई र मिरादेवी राईको स्वरमा रहेको ‘ठमेलको बजारमा’ बोलको गीत दर्शक श्रोताले रुचाएको गीतमा पर्दछ ।