काँठे लोकदोहोरीमा प्रदीप र कल्पना उत्कृष्ट

काठमाडौं । प्रथम राष्ट्रिय काठे लोक दोहोरी प्रतियोगिताको उपाधी सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडीले जितेको छ । काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ डिएआर मुभिजको आयोजनामा काठमाडौंको टुँडिखेलमा फाल्गुण १६ गते देखि २० गतेसम्म भएको ‘प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’मा गोरखाकी बबिता बाँनिया (जेरी) र विजय बाँनियाको जोडीले फाईनलमा प्रदीप र कल्पनाको जोडीसँग प्रतिष्पर्धी थियो ।

जितसँगै विजेता प्रदिप र कल्पनाको टिमले ३ लाख नगद पुरस्कारसहित एउटा गीत रेर्कड गर्ने पाउने छन् । उपविजेता समुह बबिता र विजयले नगद दुई लाख सहित एउटा गीत रेर्कड गर्न पाउने छन् । तेस्रो र चौथो नतिजाका लागि प्रतिस्पर्धामा उत्रेको दिलीप थापामगर र टिकामाया फ्यालीको जोडीसँग नुवाकोटका भगवान कार्की र सर्लाहीकी मिरा रायमाझीको जोडीको खेल बराबरी भएको थियो । दुवै टिमले नगद ७५ हजार पुरस्कारसहित एक एक वटा गीत रेर्कड गर्न अवसर पाउने छन् ।

प्रतियोगीतमा कुल ७४ समुहले प्रतिस्पर्धा गरेको प्रतियोगीता संयोजक सरोज लामिछानेले बताए । प्रतियोगीताको निर्णायक संयोजक नवराज घोरासैने, निर्णायक मण्डलको अध्यक्ष सिता थापा, अम्बर बिरही गुरुङ, घमेश दुलाल, हरि थापा, केशव चौलागाई, रेशम थापा रहेका थिए । अतिथी निर्णायकमा भीमशेन खतिवडा, मिना मैयाँ थापा, उमा श्रेष्ठ र अमृत खाती थिए ।